2081-03-18

Regarding DMAT AMC Renewal

श्री हरि सेक्युरिटिज प्रा.लिका हितग्राही खातावाला ग्राहक महानुभावहरुलाई अत्यन्त जरुरी सुचना

 

     यस श्री हरि सेक्युरिटिज प्रा.लि मार्फत डिम्याट खाता खोल्नु भएका ग्राहक महानुभावहरुले प्रत्येक आर्थिक बर्षको अन्त सम्ममा आफ्नो डिम्याट खाता नविकरण गराउने कानुनी ब्यवस्था भएको हुँनाले सोका लागी प्रत्येक बर्षको खाता सन्चालन शुल्क रु १०० (एक सय रुपैया मात्र) मेरो शेयर संचालन खाता पनि रहेका ग्राहक महानुभावहरुले सोका लागि आवश्यक लाग्ने रकम रु ५० सहित मेरो शेयर  खाता Login गरी E-Sewa ,Khalti,Connect IPS को माध्यम बाट भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ  

     यदी कुनै ग्राहक महानुभावहरुले डिम्याट खाता खोलेको समयदेखी . २०८२/२०८३ सम्मको भुक्तानी गर्नुपर्ने रकम यस कम्पनीको हिसाबमा भुक्तानी गर्न बाँकी देखीएको खण्डमा सोको हिसाब मिलानको लागी यस कम्पनीको डिपि शाखाको मोबाईल तथा भाइवर नं ९८५१२२४६५६ मा आफ्नो बाँकी बक्यौता भए नभएको एकिन गरि हिसाब मिलान गर्न समेत अनुरोध गरिन्छ

      माथी उल्लेख भए अनुसारको डिम्याट खाता नविकरणको हिसाब २०८३ असार मसान्त सम्ममा चुक्ता नभएको खण्डमा डिम्याट खाता रोक्का (Freeze) हुने व्यहोरा जानकारीका लागी अनुरोध गरिन्छ

Download